Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताले सहकारीमा राखेको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउँछ : गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

चुनावी प्रचारमा मंगलवार इलाम क्षेत्र नम्बर २ पुगेका रविलाई जनताले सहकारी प्रकरण के हो ? भनेर सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

उनले आफू निर्दोष रहेको जवाफ दिए । जनताले सहकारी प्रकरणबारे स्पष्ट पार्न भनेपछि उनले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताए।

इलामको चुलाचुलीमा मंगलवार आयोजित चुनावी सभामा कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने उनको भनाई ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077