Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

कास्की। फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा महानगरपालिका-६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको हो ।

अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अड्किएका सशस्त्र प्रहरीले जनाएको छ ।

कास्की फेवाताल रेस्क्यु वाच टावरमा खटिएका विपद् व्यवस्थापनको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077