Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा

    गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 417
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।



    गण्डकीका सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेर अधिकारी नियुक्त भएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ती बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।



    पाण्डेले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विपक्षी बनाएर चैत २७ मा रिट दायर गरेका थिए ।

    यसअघि सर्वोच्चले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर नपर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

    न्यायाधीश विनोद शर्माको इजलासले अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।  सर्वोच्चले गण्डीकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले आजका लागि पेशी तोकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार