Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तत्काल बामपन्थी एकताको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

    तत्काल बामपन्थी एकताको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 390
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल बामपन्थी एकताको सम्भावना नरहेको बताएका छन् ।

    सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले अहिले गैरवामपन्थीहरूसहितको समिकरण बनेको बताए।



    गैरवाम पनि संगै भएकाले यसलाई सत्ता समिकरणका रुपमा मात्रै लिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ।

    त्यस्तै,प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समिकरण बनेपछि स्थिर हुनतिर सरकार अघि बढेको पनि बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले भने,‘समिकरण लामै जान्छ। प्रदेशमा सरकार बनाउन अब कोशीमा बाहेक अरूमा सकिएको छ। विस्तारै स्टेवल हुनतिर सरकार अघि बढेको छ। सरकारले गर्ने काम पनि तीब्र पार्ने कोसिस भएको छ ।’

    उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई खारेज गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार