Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गठबन्धन पूरै अवधि जान्छ, कुनै आशंका गर्न जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

    गठबन्धन पूरै अवधि जान्छ, कुनै आशंका गर्न जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 531
    SHARES

    धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् ।

    आज विहान धनगढी एयरपोर्ट पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा अनावश्यक भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण।’



    प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताए।

    अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार