Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आत्मकथा बेचेर कृषि कारखाना सञ्चालन गर्दै महावीर पुन

काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् ।

पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् ।

रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् ।

पुनले भनेका छन्, ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो । आफ्नो लागि जागिर खान र जन्मभूमिको लागिमा केहि गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला । महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ ।’

पुन वर्षौदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने तयारीमा छन् ।

उनले केही दिनअघि आत्मकथा पुस्तक बिक्री गरेर पाँच करोड आम्दानी भएको जानकारी दिएका थिए ।

सोही पैसा उनले कारखानामा लगानी गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077