Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • मौन अवधिमा पैसा बाँडेको थाहा पाए तत्काल कारबाही गर्छौँ : गृहमन्त्री लामिछाने

    मौन अवधिमा पैसा बाँडेको थाहा पाए तत्काल कारबाही गर्छौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 585
    SHARES

    फाइल तस्विर

    इलाम। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने, ‘अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ। उहाँ त जो हेर्‍यो उही घण्टी देखिन्छ। अन्तिम समय, मौन अवधि पनि आउँदैछ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा। नागरिकलाई सचेत गराउन चोक चोक गौडा गौडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ।’

    गृहमन्त्री लामिछानेले चुनावी प्रचारमा पैसा बोकेर कोही आए ठाउँठाउँमा कारबाही गर्ने चेतावनी दिए । लामिछानेले पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार