स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको हो ।
गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Leave a Reply