Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी भट्टराईको पाँच ग्रेड रोक्का !

काठमाडौं । मदिरामा मात्तिएर आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गर्ने नेपाल प्रहरीका डीएसपी भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा उनले यस्तो हर्कत गरेका थिए । गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो ।

छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । उनको निलम्बन पनि फुकुवा भएको छ ।

अत्यधिक मदिरा पिउने भट्टराई जून कार्यालयमा पनि यस्तै विवादमा पर्दै आएका छन् । यसअघि इलाका प्रहरी कार्यालय, बुटवलमा हुँदा कार्यालयमै मदिरा पिएर बसेको खुलेपछि उनी कारबाहीमा परेका थिए ।

महिला प्रहरीलाई दुर्व्यवहार गरेको गम्भीर घटनामा उनीमाथि विभागीय कारबाही मात्र भएको छ । यसअघि यस्तै घटनामा एसएसपी योगबहादुर पालले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077