Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको हीरक महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता

काठमाडौं । नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ।

पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते एमालेले विशेष समारोहमा आयोजना गर्न लागेको हो ।

आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ।

एमालेले प्रचण्ड र देउवाको नाम वक्ताको रूपमा सार्वजनिक गरे पनि अरूको गरेको छैन।

कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077