Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको छ ।

बैठकले महाधिवेशनलाई केन्द्रित गरी वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक वैशाख २७ गते तथा २८ र २९ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने तय भएको छ ।

जेठ ९ गतेसम्म सबै कमिटीहरूमा महाधिवेशनका लागि प्रस्तुत मस्यौदा दस्तावेज पठाइसक्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077