Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकर्णेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती पहेँलो पुल नजिकैबाट प्रहरीले ३८ वर्षीय मिमसिंह लामालाई पक्राउ गरेको हो ।

उनले बा १८ च ८३६१ नम्बरको गाडीमा हतियार बोकेर हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनापछि खटिएको प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका लामाबाट एउटा सेमी अटोमेटिक पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077