Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको राजकीय भ्रमणमा आउँदै कतारी शेख तमिम

काठमाडौं । ​कतारी शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपालको राजकीय भ्रमणमा आउने भएका छन् ।

उनी नेपाल आउने भएपछि आवश्यक सुरक्षा रणनीति बनाउन छलफल शुरू भएको छ ।

सैनिक मुख्यालयमा बिहीवार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच संयुक्त छलफल भएको छ।

दुई दिने भ्रमणमा आउन लागेका थानीको सुरक्षा प्रबन्ध मिलाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सैनिक मुख्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको हो।

शेखले राष्ट्रपति, प्रधानमन्त्री र प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई भेट्ने कार्यक्रम छ । उनी यही वैशाख ११ गते काठमाडौं आइपुग्ने र १२ गते फर्कने कार्यक्रम छ ।

सुरक्षा बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानी बस्ने होटलसँगै सवारी रुटमा आवश्यक सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077