Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा जारी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक झरेका छन् ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.५६ अंक झरेको छ । सो अंकको कमीपछि नेप्से १९७२ अंकमा कायम भएको छ ।

कुल २ अर्ब ९ करोडको कारोबार भएको छ । कुल २११ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ६ को स्ठिर रह्यो ।

बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।

खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ६.२, मध्यभोटेकोशीको ५.७, पिपुल्स पावरको ५.५, जोशी हाइड्रोको ४.५, माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077