Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जलाधार व्यवस्थापन अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले अधिकृत प्रभात पाललाई एक लाख २० हजार घुससहित पक्राउ गरेको हो ।

साथै उनको साथबाट श्रोत नखुलेको एक हजार पाँच रुपैयाँ पनि भेटिएको थियो ।

अधिकृत पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली खटिएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077