Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेको दाबी - सहकारीको पैसा लिएको छैन, भन्छन् - के म हैसियतहिन मान्छे हुँ ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन् ।

लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति दिएको भनेर टीकाटिप्पणी भएपछि मंगलबार साँझ उनले फेसबुकमा दुई बुँदे स्पष्टीकरण लेखेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै भनेका छन्, “के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?”

उनले रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रियट गरी ऋण प्रवाह भएको देखाइएको उल्लेख गर्दै ऋण नलिएको बताएका छन् ।

“म सहकारी ठगी कार्यमा कहिँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077