Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष दाहालले भने - प्रचण्डसँग नाम जोडिँदा वाक्कदिक्क भइसकें

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर नाम जोडिँदा दिक्क भइसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बोल्दै राष्ट्रियसभा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डका कारण नभई आफ्नै बलबुताको भरमा अघि बढ्दै आएकोसमेत जिकिर गरे ।

राष्ट्रियसभा अध्यक्ष दाहालले भने,‘अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने,कहिलेसम्म दिने ?’

अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको बताए ।

अध्यक्ष दाहालले आफ्नो एक महिने कार्यकाल सुखद भएको दाबी गर्दै अब पनि नराम्रो काम नगर्ने प्रतिववद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077