काठमाडौं । सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोकेको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।
उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।
मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।
Leave a Reply