Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गरे फिल्ममा अभिनय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले फिल्ममा अभिनय गरेका छन् ।

रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा नेपालले मंगलबार बिहान अभिनय गरेका हुन् । कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा अध्यक्ष नेपालले केही डायलग पनि बोलेका थिए ।

एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भममा आजको छायांकन भएको हो ।

अभिनय गर्दै नेता नेपालले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता समेत जनाए । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि उक्त अवसरमा खिचिएको थियो ।

केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ । ओलीले यसबारे फेसबुकमार्फत जानकारी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077