Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले फिर्ता लियो चौधरीलाई दिएको समर्थन

धनगढी । नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएपछि समाजवादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।

योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ ।

मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्तीसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077