Online Nepal
  • शुक्रबार, ५ पुष २०८१
  • आज चैतेदशैँ पर्व मनाइँदै, यस्तो छ यसको महत्व

    आज चैतेदशैँ पर्व मनाइँदै, यस्तो छ यसको महत्व

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ । ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

    चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।



    वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।



    चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार