Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका दुईजना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक समूहका दुईजना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा केनाईन उपसमूहतर्फका डा. देउती गुरुङ र इन्जिनियरिङ् उपसमूह, सूचना प्रविधि कम्यूटरतर्फका ई. नबिन्द्र अर्याल रहेका छन् ।

गुरुङले कुल १ सय पूर्णांकमा ८०.६०६८ अंक पाएका छन् भने ढकालले ८४.९०६२ अंक पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077