Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई बुझाइयो संघीयता कार्यान्वयनसम्बन्धी परिमार्जन प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहालसमक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ।

संघीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति थियो।

प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्‍बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077