Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनजितलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई छन् ।

उनीहरुमाथि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोप छ ।

गएको शनिबार राति आपसी वादविवादका क्रममा धनजितलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरेर भागेका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० मा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077