Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलको एक्स–रे मेसिन बिग्रेपछि कार्गो व्यवसायीले गरे सामान निर्यात ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास (एक्स–रे)  मेसिन बिग्रेपछि कार्गो व्यवसायीहरुले निर्यात ठप्प पारेका छन् ।

विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै सामान निकासी गर्न बन्द गरेका हुन् ।

सम्झौताअनुसार एक्स–रे मेसिन मर्मत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले गर्नुपर्छ ।

नागरिक उड्ययन प्राधिकरण र गोदाम व्यवस्थापन कम्पनीबीचको सम्झौताअनुसार विमानस्थलमा सामान गोदाम गरेवापत बार्षिक करिब ३३ देखि ३४ करोड संकलन गर्दै आएको छ ।

सम्झौता अनुसार मेसिन मर्मतको जिम्मेवारी गोदाम व्यवस्थापन कम्पनीको हो । गोदाम कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077