Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – चालकसँग १ सय लिएर प्रहरी संगठनकै बेइज्जत नगर्नुस्

    गृहमन्त्री लामिछानेले भने – चालकसँग १ सय लिएर प्रहरी संगठनकै बेइज्जत नगर्नुस्

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 714
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब ट्राफिक प्रहरीको बोली नरम हुनुपर्ने बताएका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सचेतना विशेष अभियानमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने खाँचो औंल्याए। गृहमन्त्री लामिछानेले यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गरे।



    गृहमन्त्री लामिछानेले भने,‘रोड टेष्टबिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्छ। यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ । अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनुपर्छ।ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभलाई पुनः निरन्तरता दिइनेछ। चालकसँग १/२ सय लिएर संगठनकै बेइजत नगर्न आग्रह गर्छु ।’

    उनले ट्राफिक नियम उल्लंखघन गर्दा लिइने जरिबाना बढाउनुपर्ने बताए। दुर्घटना संख्यालाई पनि कार्य सम्पादन मूल्यांकनको विषय बनाउने गृहमन्त्री लामिछानेले बताए।

    नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने गृहमन्त्री लामिछानेले बताए ।

    सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार