Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालबालिकालाई भर्ना गराउन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका आजबाट शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएको छ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई कार्यान्वयन गर्नै सबैको दायित्व भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077