Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले दिए ७७९ कैदीलाई आममाफी

    श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले दिए ७७९ कैदीलाई आममाफी

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 396
    SHARES

    एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा ७७९ जना कैदीलाई दोषीलाई आममाफी दिएका छन्।

    यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ वर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।



    श्रीलंकामा प्रत्येक वर्ष अप्रिल १३ वा अप्रिल १४ मा नयाँ वर्ष मनाइन्छ। हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काको कारागारमा भीडभाड रहेकोमा सयौंको सजाय माफी भएपछि कारागारभित्रको भीड कम भएको छ।



    शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए।

    श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार