Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

पर्वत। नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् ।

१०औं अधिवेशनबाट पदमपाणी शर्मालाई पराजित गर्दै पहाडी विजयी भएका हुन् ।

पहाडीले २२८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी शर्माले १२७ मत पाए ।

विमल लामिछानेले २१७ मत ल्याएर उपाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठले १४८ मत पाए ।

सचिवमा सुवासचन्द्र पौडेल, खुला उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077