Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • माइतीघरदेखि बानेश्वरसम्मको निषेध हटाइयो

    माइतीघरदेखि बानेश्वरसम्मको निषेध हटाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 555
    SHARES

    काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।

    सरकारको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ ।



    गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अवसरमा ‘तीन कामको सुरुवात’ गरेको बताएर पहिलो नम्बरमा निषेधाज्ञा हटाइएको विषय उल्लेख गरेका छन् ।



    प्रशासनले गएको फागुन ४ गते दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार