Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 408
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

    शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् ।



    मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाए ।



    शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद थिए ।

    महरा २३ चैतमा मुख्यमन्त्री निर्वाचित भएका थिए । मुख्यमन्त्री नियुक्त भएसँगै उनले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १/१ जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार