Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सहमति कार्यान्वयन गर्न लुम्बिनीका मुख्यमन्त्रीलाई समाजवादीको दबाव

    सहमति कार्यान्वयन गर्न लुम्बिनीका मुख्यमन्त्रीलाई समाजवादीको दबाव

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 501
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

    विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको छ । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एकजना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ ।



    प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महराले विश्वास मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

    सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो ।

    तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार