Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डढेलोमा परेर डोल्पामा एक बालकको मृत्यु, दुईलाई हेलिकप्टरमा काठमाडौँ लगिँदै

    डढेलोमा परेर डोल्पामा एक बालकको मृत्यु, दुईलाई हेलिकप्टरमा काठमाडौँ लगिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 663
    SHARES

    फाइल तस्विर

    डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ।

    जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।



    बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।



    गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका थिए।

    उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्‍याइएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा। अखण्ड उपाध्यायले बताए।

    त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए।

    गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार