Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्तालाई गृहमन्त्री लामिछानेको चेतावनी - प्रहरी प्रशासनको दुरुपयोग गर्न खोजे कारबाही गर्छु

वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने चेतावनी दिएका छन् ।

पार्टी कार्यकर्तालाई बिहीबार वीरगञ्जमा सम्बोधन गर्दै मन्त्री लामिछानेले यस्तो चेतावनी दिएका हुन् । पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरी/प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने उनले बताए ।

उनले आफूहरु सरकारमा देश र जनताका पक्षमा काम गर्न गएकाले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउन चेतावनी दिए ।

लामिछानेले रास्वपाका नेतारसदस्यले कानून बर्खिलाप काम गरे तिनलाई अरुलाई भन्दा बढी कारबाही गरेर जानकारी गराउन प्रहरी/प्रशासनलाई पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077