Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी प्रशासनलाई गृहमन्त्रीको चेतावनी - उद्योगी-व्यापारीलाई दुःख दिए कारबाही गर्छौं

वीरगन्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योगी व्यापारीलाई प्रहरी प्रशासनले दुःख दिए कारबाही गर्ने बताएका छन् ।

वीरगन्जमा बिहीबार गृहमन्त्रालय र अर्थमन्त्रालयद्वारा आयोजित राजश्व अभिवृद्धि तथा चुहावट निन्त्रणसम्बन्धी गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुलुकको उद्योग व्यवसायको क्षेत्र पनि अति राजनीतिको सिकार भएको भन्दै उनले राज्यलाई कर तिरेर व्यापार व्यवसाय गर्छु भन्नेहरूसमेत त्रसित बनेर बस्न परिरहेको बताए ।

राजश्व चुहावट पूर्णरूपमा नियन्त्रणका लागि सरकारसँगै प्रहरी प्रशासन र निजी क्षेत्रका पनि उत्तिक्कै भूमिका रहेको उनले बताए ।

राजश्व चुहावट पूर्णरूपमा नियन्त्रण गरी मुलुकको राजश्व संकलनमा वृद्धि गर्नका लागि अहिलेको सरकार लागि परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077