Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेवातालमा पल्टियो डुंगा, महिलालाई सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा दुर्घटनामा परेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा बिहीबार तालमा खसेकोमा सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।

बाराहीघाटस्थित रेस्क्यु वाच टावरमा खटिएको टोलीले उनलाई उद्धार गरी किनारमा ल्याएको थियो ।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077