Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भ्रष्टाचारको आरोपमा भियतनामकी महिला अर्बपतिलाई दिइयो मृत्युदण्ड

    भ्रष्टाचारको आरोपमा भियतनामकी महिला अर्बपतिलाई दिइयो मृत्युदण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 831
    SHARES

    एजेन्सी । इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार मानिएको २७ अर्ब डलर अपचलको आरोप लागेकी भियतनामकी एक अरबपति महिलालाई त्यहाँको न्यायालयले फाँसीको सजाँय सुनाएको छ ।

    गत एक दशकको बीचमा साइगन कमर्सियल बैंकबाट नगद रकम ठगी गरेको आरोपमा भान थिन्ह फाट कम्पनीकी अध्यक्ष ट्रुङ माई ल्यानलाई बिहीवार फाँसीको सजाँय दिइएको हो ।



    भियतनामको उच्च अदालतमा उक्त मुद्दाको सुनुवाई गरिरहेको पाँच सदस्यीय इजलासले ल्यानको सबै प्रतिरक्षा तर्कलाई अस्वीकार गरेको थियो । सुनुवाइको क्रममा ल्यानले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् र सबै दोष बैंक र आफ्नो कम्पनीका कर्मचारीमाथि लगाएकी थिइन् ।



    भियतनामको व्यापारिक केन्द्र मानिने हो ची मिन्ह सहरमा गत पाँच हप्तासम्म चलेको सुनुवाइमा उनलाई दोषी ठहर्याइएको हो । उनलाई घुसखोरी, शक्तिको दुरुपयोगदेखि लिएर बैंकिङ कानूनको उल्लङ्घन गरेर अकूत सम्पत्ति थुपारेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।

    शुरूमा ल्यानले १२ दशमलब ५ अर्ब हिनामिना गरेको आरोप लागेको थियो तर सुनुवाइका क्रममा सरकारी अभियोजकहरूले उक्त हिनामिनाले २७ अर्ब डलर क्षति गरेको आरोप लगाएका थिए, जुन भियतनामको कूल गाहर्स्थ उत्पादनको ६ प्रतिशत हो ।

    उनी र अन्यलाई ‘राष्ट्रिय भ्रष्टाचार निर्मुल’ अभियानका क्रममा पक्राउ गरिएको थियो । उक्त अभियानले हाल भियतनामका धेरै व्यापारिक सम्भ्रान्त वर्गका अधिकारी र सदस्यलाई फसाएको छ ।

    ल्यानले गत हप्ता अदालतमा अन्तिम बयान दिँदै आफूले आत्महत्या गर्ने विचार गरेको बताएकी थिइन् । बयानका क्रममा उनले आफूलाई बैंकिङ ज्ञान अत्यन्त कमजोर रहेकोसमेत बताएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार