Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानका कप्तान सन्जु सामसनले १२ लाख जरिवाना तिर्नुपर्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो ।

जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि यो पहिलो हार हो । गुजरातविरुद्धको उक्त खेलमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनका लागि निराशाजनक रह्यो ।

एकातिर टोलीले पहिलो हार भोग्नुपर्यो भने अर्कोतिर, कप्तानको रुपमा उनले १२ लाख भारतीय रुपैयाँ जरिवाना पनि तिुर्नपर्यो । जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले सात विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो ।

गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । राजस्थानले अन्तिम ओभर बलिङ गर्नुअघि नै खेल पाँच मिनेट ढिलो भइसकेको थियो । जारी सिजनको आईपीएलमा राजस्थानको यो पहिलो गल्ती भएकाले न्युनतम सजायमात्र गरिएको जानकारी आईपीएल आयोजकले दिएको छ ।

यसअघि लगातार दुई खेलमा ‘स्लो ओभर रेट’ कै कारण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले पनि २४ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । ऋषभले पहिलोपटक गल्ती गर्दा १२ लाख र दोस्रो पटक गल्ती गर्दा २४ लाख गरी कुल ३६ लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् ।

यसका अतिरिक्त गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ का कारण १२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077