Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी

    जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 537
    SHARES

    जुम्ला । मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।

    गुठिचौर गाउँपालिका-४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका छ जना बिरामी परेका हुन् ।



    उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।



    तीन जना पुरुष र तीनजना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    बिरामी हुनेमा बर्ष ४० वर्षका विष्णबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।

    उनीहरु सबैले बुधबार बिहान नौ बजेतिर मरेको भेडाको मासु खाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार