Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट

    सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.1K
    SHARES

    सिन्धुली । सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ।

    सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो।



    विस्फोटको सूचनापछि बिहानै २ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो।



    विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    विस्फोट भएको स्थानमा जनमुक्ति सेना नेपाल नेपाल लेखिएको पर्चा भेटिएको छ।

    यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम विस्फोट भएको थियो।

    विस्फोट गराउनेहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार