Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराको सुईखेतमा बस दुर्घटना हुँदा ८ जना घाइते

कास्की । काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-२५ सुईखेतमा आज बिहान ३ बजे ग २ ख १६३० नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

बस सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको उद्वार टोली र नेपाल प्रहरीले ८ जना घाइतेलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ ।

बसमा ३१ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077