Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री रवि भन्छन् - प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफल तीव्र पारेका छौँ

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिनका लागि छलफल तीव्र पारिएको बताएका छन् ।

जनकपुरधाममा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भीर भएर छलफललाई तीव्र पारिएको बाए ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहेको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागे पनि त्रुटि बिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीसँग दुई चरणको छलफलसमेत भइसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077