Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गृहमन्त्री लामिछानेले संसदमा प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हट्यो

    गृहमन्त्री लामिछानेले संसदमा प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हट्यो

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 603
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ ।

    बुधबारको बैठकमा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो।



    यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो ।



    उक्त कार्यसूचीमा देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्द नाराबाजी गरेका थिए ।

    त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन ।

    चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।

    तर, मंगलबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार