काठमाडौं । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् ।
गृहमन्त्री लामिछाने केहिबेर अगाडी जनकपुर विमानस्थल पुगेका हुन् । गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका थिए ।
विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरुसँग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ ।
यस्तै दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसंग भेटघाट गर्ने पनि बुझिएको छ ।
Leave a Reply