Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आरोप लाग्ने बित्तिकै राजीनामा दिने सर्वदलीय सहमति गरौं : गृहमन्त्री लामिछाने

    आरोप लाग्ने बित्तिकै राजीनामा दिने सर्वदलीय सहमति गरौं : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 705
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गर्नु पर्ने बताएका छन् ।

    सहकारी ठगी प्रकरणमा आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै गृहमन्त्री लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने बताए ।



    कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले भने उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिर गरे ।

    गृहमन्त्री लामिछानेले भने,’कसैले गरेको ठाडो उजुरीको आधारमा, सूचना दिएको आधारमा समिति बनाउनुपर्ने गरी हाम्रो संसदीय मर्यादा त्यति तल झरिसकेको छ र ?  यसको इतिहास छ, यसको गौरव छ । यसको गौरवको रक्षा गर्नका लागि दोबाटोमा उठेका हरेक कुराहरूको समिति बनाउने हो भने हुन्छ गरौं । हामीले त भनेका छौं नि प्रश्न उठने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिने बित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ ।’

    कांग्रेसले सहकारीको समस्या भन्दा पनि व्यक्तिकेन्द्रित भएर संसद् अवरुद्ध गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।

    कांग्रेसले निरन्तर संसद् अवरुद्ध गरिरहेको पनि लामिछानेको भनाइ थियो । कांग्रेसले संसद् अवरोध गरेको एक दिन थप भएको उनले बताए ।

    लामिछानेले २०४७ सालभन्दा पछिका घटनाको स्वतन्त्र रुपमा एउटा बृहत् छानबिन समिति गठन गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार