Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई गृहमन्त्री रविले भने - उजुरी पर्दैमा म पदबाट राजीनामा दिन्न

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले सो अडान लिएका हुन् ।

उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न उनले नेपाली कांग्रेस तयार हुनुपर्ने सर्त समेत राखेका छन् ।

उजुरी पर्दैमा छानबिन गर्ने विषय संसदीय मूल्य–मान्यताभित्र नपर्ने पनि उनको जिकिर छ ।

लामिछाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । यही मागसहित कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077