काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ ।
घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ। यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन।
त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ ।
उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
Leave a Reply