Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सदनको अवरोध हटाउन बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

    सदनको अवरोध हटाउन बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

    सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।



    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान राखेको छ।



    सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्ता-प्रतिपक्षीका नेताहरूसँग छलफल गरे पनि सहमति भएको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार