Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ लाख ३५ हजार रकम लुटेर फागेका दुईजना प्रहरी फन्दामा, १ लाख २ हजार बरामद

धरान । सुनसरीमा रकम लुटेर फरार भएका दुईजना पक्राउ परेका छन् ।

जिल्लाको इनरूवा नगरपालिका ९, चाइनिज स्कुल नजिकै एकान्तबाटोबाट रकम लुटेर फरार भएका भोक्राहानरसिंह गाउपालिका ५ का २९ वर्षीय मो.इब्रान मन्सुरी मियाँ र वडा नम्बर ४ का ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।

यही चैत २१ गते जग्गा बिक्री गरेर घर फर्कदै गरेका सुनसरीको हरिनगरा गाउँपालिका २ का ६१ वर्षीया सहिरा मिया र उनको नाति ३० वर्षीय आशिफ अंसारीको साथबाट ५ लाख ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए ।

सुनसरीका अनुसार उनीहरूले प्रयोग गरेको को प्र १-०२-०४५ प १६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

उनीहरुले लुटेको रकममध्ये लुटिएको मध्ये प्रतिव्यक्ति ५१ हजारका दरले जम्मा एक लाख २ हजार रकम बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सुनसरीमा प्रस्तुत गरी ६ दिनको म्याद थप अनुमति लिई घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077