एजेन्सी । मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ ।
डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ ।
नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो।
मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् ।
यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
Leave a Reply